• NEOC 12th AGM

  • Provincial Training of Trainers (TOT) for Election Observation

  • Electoral Model and Representation Character in Nepal

  • Election Observation National Preview Conference

  • National Review Conference May 2022

  • Participants of LTOs Training

सरोकारवाला संस्थाहरूद्वारा निर्वाचन आयोगमा बाह्य र जिल्ला बाहिरको मतदानको मागसहित ज्ञापनपत्र पेश

आगामी फाल्गुण २१ गते मा हुने निर्वाचनलाई दृष्टिगत गर्दै, देश बाहिरबाट गरिने वाह्य मतदान र जिल्ला बाहिरबाट गरिने मतदान को बारेमा सरोकार राख्ने नागरिक समाज र अन्य सम्बद्ध संस्थाले निर्वाचन आयोग-नेपालका कार्यवाहक प्रमुख मा. राम प्रसाद भण्डारी समक्ष ज्ञापनपत्र बुझाइएको छ । यस ज्ञापनपत्रमार्फत, यी दुई मुख्य मुद्दामा तत्काल ध्यान दिन आग्रह गरिएको छ । निर्वाचन आयोगले उक्त ज्ञापनपत्रको गम्भीरतापूर्वक समीक्षा गर्ने र निर्वाचन प्रक्रियालाई सबैको पहुँचमा ल्याउने अपेक्षासमेत गरिएको छ।






Share:

नियोकको १२ औं वार्षिक साधारणसभा सम्पन्न



वि.सं.२०८२ मंसिर १५ गते काठमाडौंको नयाँबानेश्वरमा रहेको अल्फावेटाको सभाहलमा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) को सल्लाहकारहरु, संस्थापक सदस्यहरु एवं आजीवन सदस्यहरुको उपस्थिति र विभिन्न आतिथिहरुको अतिथ्यतामा १२ औं वार्षीक साधारणसभा सम्पन्न भएको छ । केन्द्रिय कार्यवाहक अध्यक्ष स्टेला तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा नियोकका पूर्व अध्यक्ष एवं पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ रहनु भएको थियो । 

सभामा श्रेष्ठले आफ्नो विचार व्यक्त गर्दै भन्नु भयो– वर्तमान अवस्थामा निर्वाचनको विकल्प नरहेको र यस पटक लोतकान्त्रीक प्रक्रिया भन्दा बाहिरबाट बनेको सरकाले निर्वाचन गराउन लागेको हुनाले यस निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण एवं धाधली रहित ढंगले सम्पन्न गर्न सरकार, निर्वाचन आयोग र नियोकमा आवद्ध सम्पूर्ण पर्यवेक्षकहरुलाई सकृयरुपमा आ–आफ्नो ठाँउबाट महत्वपूर्ण भूमिका निर्वाह गर्नको लागि विशेष आग्रह गर्नुभयो । 

साधारणसभाको अवसर पारेर प्रमुख अतिथि र विशेष अतिथिको हातबाट भक्तपुरका मानवअधिकारकर्मी अकुर प्रसाद न्यौपाने लगायत अन्य ११ जनालाई आजीवन सदस्यता समेत प्रदान गरिएको थियो ।

कार्यक्रममा विशेष अतिथि निर्वाचन आयुक्त जानकी तुलाधरले भन्नुभएको थियो– हामीले फागुन २१  गते हुन लागेको निर्वाचन निष्पक्ष र भय रहित वातावरणमा समपन्न गराउनको लागि राजनीतिक दलहरुसँगका साथसाथै विभिन्न सम्वन्धित सरकारी एवं गैर सरकारी निकायहरुसँग पनि तिब्र छलफल गरीरहेकाछौं । साथै, तुलाधरले नियोकलाई पहिले पहिलेको निर्वाचनहरुमा जस्तै यस पटक हुन लागेको निर्वाचनको पर्यवेक्षण मिसनमा समेत विशेष भुमिका निर्वाह गर्न आग्रह गर्दै निर्वाचन आयोगले नियोकको सुझावहरु ग्रहण गर्ने धारणा राख्नुभएको थियो ।

अतिथिका रुपमा पाल्नुभएका राष्ट्रिय मानवअधिकार आयोगका पूर्व माननीय सदस्य एवं मानवअधिकारवादी शुसील प्याकुरेलले नियकोको स्थापनकालदेखि हालसम्म भएगरेका निर्वाचन पर्यवेक्षणको अनुभवहरु सुनाउनुभएको थियो । 

कार्यक्रममा महिला मानवअधिकारवादी शान्तलाल मुल्मी, मानवअधिकारवादी दुर्गा सोव लगायतले  आउँदो निर्वाचन सफल बनाउन राज्यका सवै अङ्गले तिव्ररुपमा काम गर्नु पर्ने धारणा राखेका थिए । 

कार्यक्रममा नियोकको आ.व.२०८१/८२ को वार्षीक प्रतिवेदन महासचिव तेजबहादुर  सुनारबाट अनुमोनदको लागि पेश गरीएको थियो र छलफलमा उठेका विषयहरुको जवाफ समेत दिइएको थियो । साथै, वार्षीक आम्दानी र खर्च कोषाध्यक्ष तेजप्रसाद तिम्सिनाबाट साधारणसभामा पेश गरीएको थियो र छलफलमा उठेका विषयहरुको जवाफ दिइएको थियो । 

अन्तत, १२ औं वार्षीक साधारणसभाबाट डा.गोपाल कृष्ण सिवाकोटीको नेतृत्वमा १३ जनाको नयाँ कार्यसमिति चयन गरिएको थियो । 

कार्यक्रमा नियोक केन्द्रिय उपाध्यक्ष वरिष्ठ अधिवक्ता रामकृष्ण काफ्ले स्वागत मन्तव्य राख्नुभएको थियो, नियोक केन्द्रिय उपाध्यक्ष देवीका तिमल्सीनाले कार्यक्रम सञ्चालन गर्नु भएको थियो भने कार्यक्रमलाई सहजीकरण प्रवन्ध निर्देशक डा. विकल श्रेष्ठबाट भएको थियो ।

Photo Gallery:
































Share:

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समितिको नयाँ कार्यसमिति चयन



राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (NEOC) को नयाँ निर्वाचित कार्यसमिति २०८२ का पदाधिकारीहरू सबैलाइ हार्दिक बधाई । संस्थालाई थप प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउने लक्ष्यका साथ निर्वाचित यो टोलीले आगामी कार्यकालमा निर्वाचन पर्यवेक्षण, सुशासन प्रवर्द्धन तथा लोकतान्त्रिक प्रक्रियाको सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेल्नुहुने छ । नियोकको निरन्तर प्रगतिमा योगदान पुर्‍याउन प्रतिबद्ध यस नवनिर्वाचित टीमलाई सफल कार्यकालको शुभकामना ।

National Election Observation Committee (NEOC) today concluded its 12th General Assembly in the capital, electing a new 13-member Executive Committee for a two-year term. The refreshed team of NEOC office-bearers include: 

Chairperson: Dr. Gopal Krishna Siwakoti 

Vice-Chairpersons:

     Prof. Dr. Kushum Shakya, 

     Sr. Adv. Ram Krishna Kafle, 

     Mr. Devika Nanda Timilsina, 

     Dr. Yogmaya Kandel

     Mr. Laxman Nath Upreti

Secretary General- Mr. Tej Bahadur Sunar 

Under-Secretary General- Mr. Bishnu Bahadur Khatri 

Treasurer- Mr. Tej Prasad Timsina

Members: 

     Dr. Rupa Munakarmi

     Mr. Rakesh Kumar Yadav

     Mr. Abhaya Raj Joshi

     Mr. Nirmal Kumar Upreti

The newly elected leadership now begins its mandate to strengthen Nepal’s election observation landscape and advance democratic accountability!!

Share:
for HoR Elections
All Eyes on the Election...!

“Free, fair & peaceful elections are the heartbeat of democracy, where every vote is a voice and every citizen’s dignity is honored.”---NEOC

Recent Posts

Popular Posts

Contact Form

Name

Email *

Message *

Thanks For Visiting NEOC